बलिउडका तीन ठूला फिल्म र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति एकै दिन

नेपालभ्युज

बलिउडका तीन ठूला फिल्म र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति एकै दिन

काठमाडौं। फिल्म ‘ए मेरो हजुर’ को चौथो सिक्वेल वैशाख १ गते प्रदर्शनमा आउने भएको छ। सुनीलकुमार थापाको निर्माण तथा झरना थापाको निर्देशन रहेको फिल्मको टिजर सार्वजनिक भएको छ।

फिल्ममा उनै सुनील र झरनाकी छोरीसँगै अनमोल केसीको मुख्य भूमिका रहेको छ। तीन वर्षअघि प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ व्यावसायिक रुपमा सफल भएको थियो। ‘ए मेरो हजुर ३’ मा  अनमोल र सुहानाको जोडीलाई दर्शकले मन पराएपछि चौथो सिक्वेलमा पनि यही जोडीलाई निरन्तरता दिइएको निर्माण पक्षले जनाएको थियो।

दुई दशकअघि शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको ‘ए मेरो हजुर’ व्यावसायिक रूपमा सफल भएको थियो। उक्त फिल्ममा अभिनेता श्रीकृष्ण श्रेष्ठ र झरना थापाको जोडी देखिएको थियो। त्यसयता यसका चार ओटा सिक्वेल बनिसकेका छन्।

यता वैशाख १ अर्थात् १४ अप्रिलमा भारतका तीन जबर्जस्त फिल्म पनि आउने भएका छन्। जसको असर ‘ए मेरो हजुर ४’ लाई पर्ने देखिएको छ। उक्त दिन ‘केजीएफ च्याम्पटर २’, आमिर खान प्रोडक्सन तथा अभिनित ‘लालसिंह चड्डा’, तथा प्रभासको दक्षिण भारतीय फिल्म ‘सालर’ पनि प्रदर्शनमा आउने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved