स्वस्तिमा खड्काले खेलेको साउथ इन्डियन फिल्मको टेलर सार्वजनिक (यस्तो छ टेलर)

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको साउथ इन्डियन फिल्म ’थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ।

नेपालभ्युज

स्वस्तिमा खड्काले खेलेको साउथ इन्डियन फिल्मको टेलर सार्वजनिक (यस्तो छ टेलर)

काठमाडौं। नेपाली अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको साउथ इन्डियन फिल्म ’थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ। मलयालम भाषाको यो फिल्मको ट्रेलर बिहीबार युट्युबबाट सार्वजनिक भएको हो। यो फिल्मलाई पछि हिन्दीसहित धेरै भाषामा डबिङ गरिने जनाइएको छ।

अहिले सार्वजनिक गरिएको ट्रेलरमा नेपालका थुप्रै ठाउँका दृश्यहरू देख्न सकिन्छ। काठमाडौं, पोखरा र लुक्ला धेरै दृश्य छन्। त्यस्तै स्वस्तिमा खड्काको ’आइटम डान्स’ का केही झलकहरू पनि छ। तर,अभिनय भने टेलरमा समेटिएको छैन। ट्रेलरमा अभिनेता माओत्से गुरुङ पनि छन्।
यो फिल्म राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गरेका हुन्।

जेभियर एलेक्स र राजीव शेट्टीको लेखनमा बनेको फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन्। त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन्। कमेडी जनराको यो फिल्म सन् २०२२ मा रिलिज हुने भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved