नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ को सफल प्रक्षेपण

नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ को सफल प्रक्षेपण भएको छ।

नेपालभ्युज

नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ को सफल प्रक्षेपण

काठमाडौं। नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ को सफल प्रक्षेपण भएको छ। बिहीबार राति अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट गरिएको परिक्षण सफल भएको हो। ‘सानो स्याट–१’ को प्रक्षेपण नेपाली समयअनुसार राति ९ बजेर १० मिनेटमा गरिएको थियो।

रकेट मार्फत ‘सानो स्याट–१’ अन्तरिक्षमा पुर्‍याइएको छ। स्याटलाइटलाई एक्जोपोर्ट–६ डिप्लोयरले अन्तरिक्षमा छाडेको ओरियन स्पेसका प्रमुख राकेशचन्द्र प्रजापतिले जानकारी दिए।
अन्तरिक्षमा हुँदा यो स्याटलाइटले ७ किलोमिटर प्रतिसेकेन्डको गतिमा पृथ्वीलाई हरेक ९० मिनेटमा एक फन्को लगाउने प्रजापतिले बताए।

सानो स्याटको आयु २ वर्षको हुनेछ। यसले पृथ्वीको कक्षमा हुने गामा रेडिएसनको मात्रा नाप्ने र दोस्रो सर्ट म्यासेज रिले गर्ने काम गर्नेछ । फुच्चे स्याटलाइटको ग्राउन्ड स्टेसन भक्तपुरको सूर्य विनायकमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved