भारतले सीमा मिच्दा कांग्रेस नेता चन्द्र भण्डारीले आफैलाई दिए ‘श्रद्धाञ्जलि’

कांग्रेसको भर्खरै सम्पन्न १४ औँ महाधिवेशनमा उपसभापतिमा पराजित भएका भण्डारीले देशको सिमाना मिचिँदा कोही नबोल्ने तर आन्तरिक कुरा भएको अवस्थामा बबाल मच्चाउने गरेको पनि बताए।

नेपालभ्युज

भारतले सीमा मिच्दा कांग्रेस नेता चन्द्र भण्डारीले आफैलाई दिए ‘श्रद्धाञ्जलि’
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतले नेपाली भूमि मिचेर संरचना बनाउँदा नबोल्नेहरुलाई जिउँदै मरेका मान्छेको संज्ञा दिएका छन्।

भण्डारीले देश भनेको आमा भएको भन्दै आमा लुटिँदा नबोल्नेहरुलाई जिउँदै मरेकाको संज्ञा दिएका हुन्। उनले आफू पीडाले आहत भएको भन्दै आफैंलाई श्रद्धाञ्जलि दिएका छन्।

पछिल्लो समय भारतले लिपुलेकको नेपाली भूमिमा सडक संरचना बनाइरहेको समाचारहरु बाहिरिए पनि सरकार र राजनीतिक नेतृत्व चुपचाप रहेको अवस्थामा भण्डारीले जिउँदै मरेका बराबर भएको बताए।

कांग्रेसको भर्खरै सम्पन्न १४ औँ महाधिवेशनमा उपसभापतिमा पराजित भएका भण्डारीले देशको सिमाना मिचिँदा कोही नबोल्ने तर आन्तरिक कुरा भएको अवस्थामा बबाल मच्चाउने गरेको पनि बताए।

‘देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बवाल गर्दछन्,’ भण्डारी लेख्छन्, ‘देश भनेको आमा हुन्, आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे, त्यसैले पीडाले आहत म आफैलाई पनि श्रद्धाञ्जलि बाहेक म के भन्न सक्छु र !’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved