करेक्सन भएको बजारमा आठ अर्बको शेयर कारोबार

नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ। बुधबार आठ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । जुन बजारको पछिल्लो वृद्धि शुरु भएयताकै सबैभन्दा धेरै कारोबार रकम हो ।

नेपालभ्युज

करेक्सन भएको बजारमा आठ अर्बको शेयर कारोबार

काठमाडौं। एक सातादेखि निरन्तर बढेको शेयर बजारमा बुधबार ‘करेक्सन’ आएको छ । कारोबारीहरूमा नाफा बुक गर्न लाग्दा बजार सामान्य घटेको हो ।

साताको चौंथो दिन बुधबार नेप्से परिसूचक ३०.५१ अंकले घटेर २८०३.६३ विन्दुमा पुगेर बन्द भएको छ । ‘इन्ट्रा डे’ कारोबार हेर्दा नेप्से २८७४ विन्दुसम्म पुगेर तल झरेको हो ।

नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ। बुधबार आठ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । जुन बजारको पछिल्लो वृद्धि शुरु भएयताकै सबैभन्दा धेरै कारोबार रकम हो ।

बुधबार चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार आम लगानीकर्ताका लागि मनोवैज्ञानिक हिसाबले समेत निकै महत्वपूर्ण मानिएको २८ सय विन्दुभन्दा माथि नै रोकिएको छ ।

यस दिन २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजारभन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको छ । २८ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रोमा एचआईडीसीएल र तेस्रोमा अपि पावर परेका छन् । १३ मध्ये तीन ओटा समूह हरिया भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved