भीडभाडले बढाउँदै छ कोरोना संक्रमणको त्रास (फोटो फिचर)

नेपालभ्युज

भीडभाडले बढाउँदै छ कोरोना संक्रमणको त्रास (फोटो फिचर)

काठमाडौं । कोरोना संक्रमण बढ्दै जान थालेपछि सरकारले पुनः २५ जनाभन्दा बढी भेल हुन नपाइनेगरी नियम बनाएको छ। संक्रमण जोखिम कम गर्न भीडभाड हुने क्षेत्र तथा त्यस्ता कार्य सरकारले सचेत गराइसकेको छ।

केही दिनयता संक्रमण दर पनि ह्वात्तै बढेको छ। दैनिक १ हजारका दरले संक्रमित थपिन थालेका छन्। काठमाडौं उपत्यकामा त (आज) मंगलबार १२ सय संक्रमित थपिएका छन्। संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले १५ माघसम्मका लागि विद्यालयीय पठनपाठन पनि बन्द गर्न निर्देशन दिइसकेको छ।

तर काठमाडौं उपत्यकालगायत देशभर आज पृथ्वीजयन्तीको अवसरमा निकै भीडभाड रह्यो। यस्तो भीडभाड गर्न गराउन सरकारी तथा राजनीतिक दल नै बढी अग्रसर भएका देखिए।

पूर्वराजा ज्ञानेन्द्र शाहदेखि राष्ट्रपति विद्यादेवी भण्डारीले आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे। पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने क्रममा उनका सयौं कार्यकर्ताले उनको जयजयकार गरेका थिए। उक्त भीडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सहभागी थियो।

त्यस्तै देशभरका विभिन्न जिल्लाहरूमा पनि पृथ्वीजयन्तीका अवसरमा कार्यक्रमहरू भए। जहाँ पनि निकै भीडभाड रह्यो। कैलालीमा राष्ट्रिय एकता दिवसका अवसर पारेर राष्ट्रिय मठमन्दिर समन्वय महासमिति सुदूरपश्चिम प्रदेशले धनगढीमा मंगलबार र्‍याली नै निकाल्यो।

नेकपा (एमाले) को जिल्ला अधिवेशन क्रममा पनि मंगलबार निकै भीडभाड भयो।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved