प्रकाश विकको छ्वालीकला’ मा राष्ट्रनिर्माता शाह

नेपालभ्युज

प्रकाश विकको छ्वालीकला’ मा राष्ट्रनिर्माता शाह

काठमाडौं। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज परेको ३००औँ जन्मजयन्तीका अवसरमा एक जना कलाकारले छ्वालीमार्फत उनको योगदानको स्मरण गरेका छन्। बाइसे चौबीसे राज्यलाई एकीकरण गरी एउटै राज्य नेपाल बनाउन सफल पृथ्वीनारायण शाहलाई राष्ट्र एकीकरणका नायकका रुपमा बुझ्ने गरिएको छ। काठमाडौँको कागेश्वरी–मनहरा नगरपालिका–४ डाँछीका कलाकार ४० वर्षीय प्रकाश विकले छ्वालीको नौलो प्रयोग गररे शाहको योगदानलाई क्यान्भासमा उतारेका हुन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को अरनिको हलमा त्यही कलाकृतिले दर्शकको ध्यान खिच्छ। हामीले जहाँतहीँ देख्ने गरेको पृथ्वीनारायण शाहको चोरऔँला ठड्याएको सिर्जना यहाँ छ। उक्त चित्र क्यान्भासमा रङले होइन गाउँघरमा पाइने छ्वालीले सजिएको छ। गाउँघरमा गहुँ निकालेपछि प्राप्त हुने नललाई छ्वाली भनिन्छ। त्यो हरियो छँदा गाई बस्तुलाई खुवाउन घाँसको रुपमा प्रयोग हुन्छ भने सुकेपछि छ्वाली बन्छ। कलाकार विकले त्यही छ्वाली ९गहुँको नल० लाई विभिन्न रङ र आकार दिएर राष्ट्रनिर्माताको पूर्णकदको चित्र बनाई राष्ट्रिय एकताको सन्देश दिएका छन्।

“मेरो विधा नै त्यही भएकाले छ्वालीबाट राष्ट्र निर्मातालाई प्रस्तुत गरेको हुँ”, विकले भने। उनका अनुसार अन्य रङबाट जति प्रस्तुत गर्न सकिन्छ, छ्वालीबाट पनि त्यति नै गर्न सकिन्छ, त्यही अभ्यास यहाँ देख्न पाइन्छ। कलाकार विक परम्परागत कलालाई पनि छ्वाली टालेर हुबहु उतार्छन्। उनी दैनिक क्रियाकलाप (समसामयिक), सम्पदा, संस्कृति, आर्किटेक्चर सबैमा छ्वाली खेलाउँछन्। आवश्यक पर्दा रङको संयोजन गरेर थप आकर्षक तुल्याउछन्।

नेपालमा छ्वाली खेलाउने कलाकार धेरै छन् तर यसैलाई व्यावसायिकरुपमा प्रयोग गर्ने कलाकार निकै कम रहेको उनले बताए। मसिनो, गोलो आकारदेखि कालो, पहँेलो, रातो, बैजनीलगायत थरीथरीका रङ र आकारमा छ्वालीलाई उपयोग गर्न निपूर्ण विक छ्वालीबाटै फरकफरक टोन र बुट्टा भर्न सकिन्छ। “पृथ्वीनारायण शाहको चित्रमा देखिएको ओठको हल्का रातो बैजनी रङ देखाउँदै विकले भन्नुभयो, “त्यो कुनै तयारी रङ होइन, छ्वालीको वास्तविक रङ हो।” पृथ्वीनारायण शाहको शिरमा रहेको श्रीपेच, शरीरका कपडा, कम्बरको खुकुरी, पेटी, हातको खड्ग पनि छ्वाली टाँसेरै बनाइएको छ। उनी कुनै बेला आगोले पोलेर वैजनी तथा कालो रङ निकाल्छन्। त्यसले सिर्जनालाई जीवन्तता प्रदान गरेको हुन्छ।

कलाकार विकका अनुसार गहुँ र यसको छ्वाली मानिसको जीवनयापनसँग जोडिएको वस्तु हो। गाँस, बास र कपासका लागि प्रयोग हुन्छ। मानिसले घर छाउन छ्वालीको प्रयोग गर्दै आएका छन्। विपन्न परिवारको घरको छानो नै छ्वालीको हुन्छ। सुनौलो रङको छ्वाली छिट्टै नबिग्रिने हुँदा घर छाउन प्रयोग गरिएको हो । गहुँ महत्वपूर्ण खाद्य वाली हो। यसको नल गाईबस्तुका लागि घाँसको रुपमा प्रयोग हुन्छ, त्यही नै सुकपछि छ्वाली बन्ने हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved