शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य पूरा गर्न नेपालभर नयाँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ।

नेपालभ्युज

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ।

बनेपा–६ को गोदाम चोकमा गत बुधबार आफ्नो नयाँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु, नयाँ बसपार्कको बीजी मलमा पनि आफ्नो नयाँ स्टोर खोलेको हो।

शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य पूरा गर्न नेपालभर नयाँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, “यी नयाँ स्टोरहरु खुलेपछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँगसँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पूरा हुनेछ।”

कोठारीका अनुसार नयाँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved