प्रचण्डसँग एकताको कुनै सम्भावना छैनः मोहन वैद्य

महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए। वैद्यले लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भए पनि वर्तमान सरकार केपी ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताए।

नेपालभ्युज

प्रचण्डसँग एकताको कुनै सम्भावना छैनः मोहन वैद्य

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन्।

मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरु बीचमा एकताको सम्भावना नरहेको बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको वैद्यले स्पष्ट पारे।

आफूहरुले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रुपमा अघि बढेकाले एकताको सम्भावना नरहेको वैद्यको तर्क छ।

“हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्था यसलाई स्वीकार गर्न सक्दैन भनिराखेका छौँ। प्रचण्डजीको पूरै जोड के छ भने, माओवादी केन्द्रका साथीहरुका जोड के छ भने यो संविधानको असली संरक्षक हामी हौँ, संसदीय व्यवस्थाको असली संरक्षक हामी हौँ भन्ने हिसाबले उहाँहरु गइरहनुभएको छ,” वैद्यले भने, “त्यसकारणले उहाँहरुसँग एकताको सम्भावना छैन।”

वैद्यले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए। ती पार्टीहरुसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए। वैद्यले लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भए पनि वर्तमान सरकार केपी ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताए।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त क्षेत्रमा बाटो बिस्तारको काम जारी छ भनिराखेको भए पनि नेपाल सरकार भने चुप लागेर बसेको वैदले बताए।

“देशमा एमसीसीको कुराहरु आइराख्या छ। त्यो राष्ट्रघाति छ। एमसीसीको खारेज हुनुपर्छ,” वैद्यले भने, “लिम्पियाधुरा, कालापानी क्षेत्र, लिपुलेकको समस्या जटिल भएर आइराखेको छ। यो सरकारले ओली सरकार जति पनि बोलेन। यो सरकार बोलेन।”

अहिले बारम्बार मोदीले बाटो खन्ने काम एकदम जारी छ, बिस्तार गर्ने काम जारी छ भनिराखेको अवस्थामा नेपाल सरकार चुप लागेर बसेको वैद्यको आरोप छ। राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति सशक्त रुपमा उभिनुपर्ने आवश्यकता भएको पनि उनले बताए।

वैद्यले राष्ट्रिय स्वाधिनताको निम्ति सशक्त रुपमा उभिनुपर्ने आवश्यकता औँल्याए। उनले आगामी संसदीय निर्वाचनमा आवश्यकताअनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा बहिष्कारको नीति लिइने उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved