पोखरा उड्न लागेको बुद्ध एयरको जहाजमा फेरि समस्या

काठमाडौँबाट पोखरा उड्न लागेको बुद्ध एयरको जहाजमा फेरि समस्या देखिएको छ।

नेपालभ्युज

पोखरा उड्न लागेको बुद्ध एयरको जहाजमा फेरि समस्या
फाइल तस्वीर

काठमाडौं। काठमाडौँबाट पोखरा उड्न लागेको बुद्ध एयरको जहाजमा फेरि समस्या देखिएको छ। मंगलबार बिहान ९ बजे काठमाडौँबाट पोखरा जान लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको हो।

बुद्ध एयरको नाइनएन एजेओ एटिआर कलसाइन भएको जहाजमा बोर्डिङ गरेर सबै यात्रु राखिसकेपछि प्लेनको कार्गोको ढोका नलागेको हो।
बुद्ध एयरको उक्त जहाजमा समस्या देखिएपछि चढिसकेका यात्रुलाई ओरालेर अर्को जहाजमा पोखरा पठाइएको त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved