बुटवलमा शुरू भयो राग मञ्जरी

नेपालभ्युज

बुटवलमा शुरू भयो राग मञ्जरी

बुटवल। सिमसिम पानी परिरहेको मौसममा बुटवल चिसिरहेको थियो। तर बागेश्वरी संगीतालयको थियटर भने रागको आलापले तातिरहेथ्यो।

दुई दशकदेखि संगीत, नृत्य र अभिनयका विविध क्षेत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको बागेश्वरी संगीतालयले पहिलोपटक राग मञ्जरी शुरु गरेको हो। अब प्रत्येक महीनाको अन्तिम शनिबार दिउँसो ३ बजे शृंखला शुरू गरिने संगीतालयले जनाएको छ।

पहिलो शृंखलामा संगीतालयका विभिन्न वर्षका विद्यार्थीहरुले ५ वटा रागहरु प्रस्तुत गरे। तेस्रो वर्षका वसन्त सारु मगरले राग तिलककामोद, तेस्रो वर्षकै अनुज गाहाले राग यमन, चौथो वर्षका सुमन थापा ठकुरीले राग जयजमन्ती, शंकर गुरुङले राग भीमपलासील र राग मालकोश संयुक्त प्रस्तुती गरेका थिए।

संगीतलायका प्राचार्य तथा संगीतकार सुरेश सेन्चुरीले संगीतको गहिराई नै राग रहेको बताए। ‘त्यसैले रागको मर्मबारे चर्चा गर्नको लागि राग मंजरी शुरुवात गरेक हौं,’ उनले भने। त्यस्तै समालोचक तथा कवि ऋषिराम भुसालले यसखालको कार्यक्रमले संगीतको दायरा बढ्ने बताए। कार्यक्रममा यस क्षेत्रका कवि, लेखक तथा विभिन्न विधाका व्यक्तिहरुको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved