पत्रकार बसन्त बस्नेतको ‘महाभारा’ सार्वजनिक

नेपालभ्युज

पत्रकार बसन्त बस्नेतको ‘महाभारा’ सार्वजनिक

काठमाडौं। पत्रकार तथा लेखक बसन्त बस्नेतको दोस्रो कृति ‘महाभारा’ सार्वजनिक भएको छ। बस्नेतकी छोरी अनुदिता बस्नेतले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिन्।

लेखक उपेन्द्र सुब्बाले पूर्वेली समाजको युद्धकालीन प्रेमकथालाई महाभाराले समेटेको बताए। लिम्बू लवजलाई लेखकले मिठासपूर्ण रूपमा नेपाली भाषामा उतारेको भन्दै लेखक शिवनीसिंह थारूले प्रशंसा गरिन्।

लकडाउनको फूर्सदलाई उपन्यास लेखमा सदुपयोग गरेको लेखक बस्नेतले बताए।  प्रकाशक फाइनप्रिन्टका अजित बरालले ‘महाभारा’लाई लिएर आफू अति उत्साहित रहेको बताए। उनले धर्म, प्रेम र राजनीतिको द्वन्द्वलाई यस उपन्यासमा उतारेका छन्।

आफ्नी प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभर पेशा अंगाल्न मधेस झरेको डुक्पाले युद्धकालमा भोगेको अनुभवलाई केन्द्रमा राखेर लेखकले उपन्यास बुनेका छन्। बस्नेतको यो दोस्रो पुस्तक हो। उनको पहिलो पुस्तक ‘७२ को विस्मय’ गैरआख्यान हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved