सहकारीले ऐनविपरीत बढाएको ब्याज घटाउनुपर्छ : मन्त्री शशि श्रेष्ठ

नेपालभ्युज

सहकारीले ऐनविपरीत बढाएको ब्याज घटाउनुपर्छ : मन्त्री शशि श्रेष्ठ

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय ऐनविपरीत ब्याजदर बढाएको भन्दै त्यसलाई घटाउनुपर्ने बताएकी छन्।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को ११औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारी ऐन विपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार ब्याजदर घटाउनुपर्ने बताएकी हुन्। उनले अहिलेको अवस्थामा ब्याजदर बढाएर नभई सहकारीलाई परेका समस्या अन्य माध्यमबाट समाधान गर्नुपर्ने बताइन्।

सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तत्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरूले काम गर्नुपर्ने उनको भनाइ थियो।

यसैगरी मन्त्री श्रेष्ठले सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीति बनाउने गरी भिजन पेपर तयार गरिरहेको बताएकी छन्।

वित्तिय सुशासनभन्दा बाहिर गएर तथा ऐनविपरित काम गरेकाले पछिल्लो समय सहकारीहरूले जनताको विश्वास गुमाउँदै गएको उनले बताइन्। सहकारी संस्थामा देखिएका समस्या समाधानका लागि सरकार सकारात्मक भएको उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved