बारको आन्दोलन प्रभावहीन, दुई महीनादेखि धर्ना

“हाम्रो आन्दोलन विजय उन्मुख छ। हामी हार्दैनौँ”, बारका महासचिव लीलामणि पौडेलले भने, “तसर्थ कुनै पनि संसय दुविधा नराख्नुहोला।”

नेपालभ्युज

बारको आन्दोलन प्रभावहीन, दुई महीनादेखि धर्ना

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको एकसूत्रीय माग राख्दै नेपाल बार एशोसिएशनले दुई महीनादेखि निरन्तर सर्वाेच्च अदालतमा धर्ना दिँदै आएको छ।

तर, लगातार जारी बारको दुई महीनादेखिको आन्दोलत प्रभावविहीन देखिएको छ। दैनिक एक घण्टा निरन्तर धर्नामा रहेको बारको आन्दोलन प्रभावहीन देखिएको हो।

१४ कात्तिकदेखि कालोपट्टी बाँधेर दैनिक १ घण्टा आन्दोलन गरिरहेको छ। आन्दोलन विजय उन्मुख रहेको बारका महासचिव लीलामणि पौडेलले बताए।

“हाम्रो आन्दोलन विजय उन्मुख छ। हामी हार्दैनौँ”, उनले भने, “तसर्थ कुनै पनि संसय दुविधा नराख्नुहोला।”

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन नेपाल बारले सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलका नेताहरूलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ। तर दलहरूले महाभियोग लगाएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved