३० अंकले घट्यो शेयर बजार

नेपालभ्युज

३० अंकले घट्यो शेयर बजार

काठमाडौं। तीन दिनयता लगातार रूपमा उच्च अंकमा बढेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार ब्रेक लागेको छ। तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले घटेको हो।

साताको पहिलो कारोबार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरूप ३२ अंकले बढेको थियो भने आइतबार र सोमबारको भन्दा मंगलबार नेप्से परिसूचक ६३ दशमलव ०१ अंकले बढेको थियो। तर आज नेप्से परिसूचक ३० दशमलव ७५ अंकले गिरावट आएर २ हजार ६४९ दशमलव २० विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको शेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि ६ दशमलव ६८ अंक, फ्लोट इण्डेक्स २ दशमलव ३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ७५ अंकले गिरावट आएको छ।

बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रूपैयाँको शेयर कारोबार भएको छ। मंगलबार ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रूपैयाँको शेयर कारोबार भएको थियो। कारोबार रकममा भने मंगलबारको तुलनामा बढेको छ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत र फाइनान्स बाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ। जसमध्ये जलविद्युत उपसमूह ० दशमलव ४९ प्रतिशत र फाइनान्स उपसमूह ० दशमलव १ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक २ दशमलव २१ प्रतिशतले गिरावट आएको छ। उत्पादन तथा प्रशोधन उपसमूह १ दशमलव ७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १ दशमलव ७१ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, बैंकिङ्ग, वित्त, लगानी उपसमूह र अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशतले गिरावट आएको छ।

नेप्सेमा गिरावट आए पनि आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४ दशमलव २० रूपैयाँ पुगेको छ। त्यस्तै विजया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव ५५ प्रतिशतले सबैभन्दा धेरैले घटेको छ।

आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ७२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved