इन्डक्सन चुलोको आकर्षणले माटाका हिटर विस्थापित हुँदै (फोटो फिचर)

स्थानीय स्रोत साधनको उपयोगबाट बनाउन मिल्ने माटाका इलेक्ट्रिक हिटर हराउँदै जाँदा मध्यपुरथिमिका प्रजापति समुदाय भने खुसी छैनन्।

इन्डक्सन चुलोको आकर्षणले माटाका हिटर विस्थापित हुँदै (फोटो फिचर)

काठमाडौं। समयसँगै मानिसको रहनसहन परिवर्तन भएको छ। पुराना प्रविधिलाई विस्थापित गर्दै नयाँ प्रविधिको विकास भइरहेको छ। पहिले खाना पकाउन प्रयोग हुने दाउरालाई समयले कहिले ग्यासले त कहिले इन्डक्सन चुलोलगायतले बिस्तारै विस्थापित गर्दै लगेको छ।

बिजुलीबाट चल्ने इन्डक्सन चुलोले माटाका इलेक्ट्रिक हिटरलाई पनि विस्थापित गर्ने अवस्थामा पुर्‍याएको छ। कुनै समय धनीदेखि मध्यम परिवारको घर–घरमा प्रयोग हुने यस्ता माटाका इलेक्ट्रिक हिटर अहिले बिरलै देखिन्छ। स्थानीय स्रोत साधनको उपयोगबाट बनाउन मिल्ने माटाका इलेक्ट्रिक हिटर हराउँदै जाँदा मध्यपुरथिमिका प्रजापति समुदाय भने खुसी छैनन्।

मध्यपुरको बाख्रा बजारबाट देब्रेपट्टीबाट जाँदा ५५ वर्षीय रामचन्द्र प्रजापतिको गणेश हिटर कारखाना आउँछ। रामचन्द्रले त्यहाँ माटाका इलेक्ट्रिक हिटर बनाउँछन्। हिटर बनाउने काम उनले ४४ वर्षअघि बुवाबाट सिकेका हुन्।

उनले बनाएको यो हिटर खाना पकाउन र जाडो महिनामा ताप्नको लागि प्रयोग हुन्छन्। तर पछिल्लो समय हिटरको बिक्री घटेको उनी बताउँछन्। जसले गर्दा यो पेसा नै धरासयी बन्दै गइरहेको रामचन्द्रको गुनासो छ। “नाकाबन्दीअघिसम्म दिनको १ सय ५० वटा भन्दा बढी हिटर बिक्थ्यो, अहिले १० वटा नि बिक्दैन” रामचन्द्र भन्छन्, “यो पेसा नै छाडिदिऊँ जस्तो लागिसक्यो ।”

बजारमा छाएका इन्डक्सन चुलो, इलेक्ट्रिक हिटरले उनको यो हिटरको बजारलाई ध्वस्त पार्दै लगेको छ। रामचन्द्रसँगै काम गर्नेहरूले नयाँ काम खोज्न बाध्य छन् भने उनी आफै पनि पेसाको विकल्प खोजिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved