माओवादी केन्द्रीय सदस्यले लिए शपथ (हेर्नुहोस् तस्वीरहरू)

माओवादी केन्द्रीय सदस्यले लिए शपथ (हेर्नुहोस् तस्वीरहरू)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन्। ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज आयोजित केन्द्रीय समितिको बैठक अघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्।

नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराए। यही पुस ११ गतेदेखि शुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले आइतबार खुलातर्फ १११ र समावेशीतर्फ १२५ गरी २३६ केन्द्रीय सदस्य चयन गरेको थियो।

माओवादीको विधानले केन्द्रीय समिति २९९ सदस्यीय बनाउने व्यवस्था गरेको छ। १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ। शपथपछि केन्द्रीय समितिको पहिलो बैठक शुरु भएको छ।

केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ। माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved