राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पको लागि ३४ खेलाडी छनोट

नेपाल फिफा वरीयता क्रममा मौरीससभन्दा तीन स्थान माथि रहेको छ। मौरीसस १७२ औँ स्थानमा छ भने नेपाल १६९ औँ स्थानमा छ।

नेपालभ्युज

राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पको लागि ३४ खेलाडी छनोट

काठमाडौं। राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पको लागि प्रारम्भिक रुपमा ३४ खेलाडी छनोट भएका छन्।

राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मौरीसससँगको आसन्न मैत्रीपूर्ण खेललाई मध्यनजर गर्दै खेलाडीको नाम सार्वजनिक गरेका हुन्।

नेपालले फिफाको क्यालेण्डरअनुसार अन्तर्राष्ट्रिय म्याच डेमा अफ्रिकन मुलुक मौरीसससँग आउँदो २९ जानवरी र १ फेब्रुअरीमा २ खेल खेल्न लागेको छ। दुवै खेल दशरथ रंगशालामा हुनेछ।

नेपाल फिफा वरीयता क्रममा मौरीससभन्दा तीन स्थान माथि रहेको छ। मौरीसस १७२ औँ स्थानमा छ भने नेपाल १६९ औँ स्थानमा छ।

नेपाली राष्ट्रिय फुटबल टिमले दशरथ रंगशालामा खेलको पछिल्लो खेल गत २ र ५ सेप्टेम्बरमा भारतसँगको मैत्रीपूर्ण खेल थियो। जसमा पहिलो खेल बराबरी खेलेको नेपाल दोस्रो खेलमा भने पराजित भएको थियो।

राष्ट्रिय टिमको अन्तिम खेल भने गत अक्टोबर १६ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल थियो। जसमा पनि नेपाल भारतसँग ३-० ले पराजित भएको थियो।

प्रारम्भिक छनोटमा परेका ३४ खेलाडी
किरण कुमार लिम्बू (गोलकिपर)
विशाल श्रेष्ठ (गोलकिपर)
दिपक कार्की (गोलकिपर)
सत्रुघन चौधरी
टिकेन्द्र थापा
आशिस लामा
आयुष घालन
आकास बुढा मगर
अनन्त तामाङ
अन्जन विष्ट
एरिक विष्ट
बिमल घर्ति मगर
विशाल राई
दर्शन गुरुङ
देवेन्द्र तामाङ
दिनेश हेमजन
दिनेश राजवंशी
गौतम श्रेष्ठ
कमल थापा
क्रितिस रत्न छुन्जु
मनिष डांगी
नविन गुरुङ
नितिन थापा
पुजन उपरकोटी
सन्तोष तामाङ
सुबास गुरुङ
सुदिप गुरुङ
सुजल श्रेष्ठ
सुमन अर्याल
सुमन लामा
सुनिल बल
सुरज जिउ ठकुरी
शुसिल राई
तेज तामाङ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved