शेयर बजारमा उच्च वृद्धि

नेपालभ्युज

काठमाडौं। साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उच्च सुधार आएको छ। सोमबार कारोबार दिन धितोपत्र बजार मापक नेप्से परिसूचक ३२.०३ अंकले बढेको छ। सोमबार जम्मा २६१६ अंक पुगेको छ।

दिनभरिमा २३० कम्पनीका कुल ८२ लाख ५ हजार ५२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ। सोमबार कारोबार संख्या ५४ हजार ५सय ५ पुग्यो।

आज कारोबार भएका कुल १३ वटा उपसमूहमध्ये अधिकांशको मूल्य वृद्धि भएको छ। सोमबार व्यापार उपसमूह ७.०४ प्रतिशतले वृद्धि भएको हो। लघुवित्त उपसमूह २.८८ प्रतिशतले वृद्धि हुँदा वित्त उपसमूह २.०५ प्रतिशतले, लगानी उपसमूह १.८७ प्रतिशतले, विकास बैंक उपसमूह १.६८ प्रतिशतले, वाणिज्य बैंक उपसमूह १.४६ प्रतिशतले र सामूहिक लागनी कोष उपसमूह १.२० प्रतिशतले वृद्धि भएको छ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। सर्वाधिक कारोबार हुने अर्को कम्पनी अपि पावर रहेको छ। सर्वाधिक कमाउनेमध्ये भोटेकोशीका लगानीकर्ता रहेका छन्। कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved