‘पेट्रोलियम पदार्थको गुणस्तरमा निगमलाई दोष दिन मिल्दैन’

नेपालभ्युज

‘पेट्रोलियम पदार्थको गुणस्तरमा निगमलाई दोष दिन मिल्दैन’

काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताएका छन्।

आइतबार आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सूक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको बताए। उनले निगमले आफ्नोबारे कुनै पनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको गुणस्तरमा सचेत र सर्तक रहेको बताए।

कार्यकारी निर्देशक पौडेलले पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकोले नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने बताए। अहिले सिनामंगलमा सेन्ट्रल ल्याब रहेकोले उक्त ल्याबबाट गुणस्तर जाँच शुरु गरिसकेको र सिनामंगलको जस्तो उच्च गुणस्तरको ल्याब नेपालमा अन्त नरहेको उनले दाबी गरे।

“आजको दिनमा क्वालिटीको विषयमा निगम सुतेको पनि छैन, यो कस्तो हो भने निगमको अहिलेको मान्यता भनेको के हो भने, नो न्यूज इज गूड न्यूज, कुनै पनि समाचार नै नआओस्, त्यो भनेको राम्रो हो। घरमा बुबा बिरामी हुनुभयो भने त पक्कै पनि समाचार आइहाल्छ नि बिरामी हुनुभयो भनेर केही समाचार आएन भने बुबा पनि सन्चो हुनुहुन्छ भन्ने मान्यता हो। त्यसो भएको हुनाले निगमले धेरै समाचार दिनेभन्दा पनि हामी समाचार नै नआओस् भन्ने चाहन्छौँ। क्वालिटीको इस्यू अब एउटा मात्रै हामीकहाँ के छ भने इण्डियाबाट आएको पेट्रोलको हकमा त्यहाँ धेरै वटा बिसाउने बाटाहरु हुन्छन्, नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि हामीले बजारमा पछिल्लो सूक्ष्म अध्ययन गर्दा वाणिज्य विभागसँग मिलेर के पनि हेर्‍यौं भने एक पटक १९ वटा ट्यांकर इण्डस्ट्रियलको तेल हेर्न खोलिने अवस्था थियो। अहिलेसम्म वाणिज्य विभागको नेतृत्वमा हामीकहाँ गुणस्तरीय तेल नै ल्याएका छौँ। हामीकहाँ क्वालिटीको इस्यूमा सूचनाहरु आउँछन्, हामीले टेस्ट पनि गर्छौं, अहिले सिनामंगलको सेन्ट्रल ल्याब छ, त्यो ल्याबबाट गुणस्तर जाँच शुरु गरिसकेका छौँ। हाम्रो ल्याब उच्च गुणस्तरको पनि छ र हामीसँग यस्तो क्वालिटीको ल्याब अन्त छैन।”

कार्यकारी निर्देशक पौडेलले नेपालमा भारतबाट पाइपलाइनबाट तेल ल्याउने विषय बोर्डबाट मन्त्रालय स्तरमा पुगिसकेको बताउनुभयो। उहाँले झापाबाट पाइपमा तेल ल्याउने कुराको मोडालिटीको बारेमा छलफल भइरहेको र अमलेखगञ्जबाट पाइपमा तेल ल्याउने विषयमा भने धेरै अघि बढीसकेको बताउनु भयो।

कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, ‘अहिले हामीले धेरै कुरामा अघि बढ्छु भन्दा पनि स्टे बाई स्टे ग्याजुएल एक्सपेन्सनमै जाउँ हामी भनेर हाम्रो पाइपलाइनको एक्सटेन्सनको विषय बोर्डको लेभलबाट अघि बढीसकेर मन्त्रालयको लेभलमा छ। झापाको पाइपलाइनमा हामी मोडालिटीको फाइनलको कुरामा छौँ। दुई देशीय पाइपलाइन भएको हुनाले उनीहरुले भारततर्फबाट गर्नुपर्ने लगानीको प्रतिफल के हुने ? के मोडालिटीमा गर्ने भन्नेमा नै छलफल भइरहेको छ। अमलेखगञ्जको स्टेशनको विषयमा त हामी धेरै अघि बढीसकेका छौँ। हाम्रो लगात कति, के, कसरी जाने ?, कम्प्लिट सर्वे डिटल स्टडी भइसकेको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved