माओवादी महाधिवेशन :

प्रचण्डले सर्वसम्मतिका लागि केन्द्रीय सदस्यको नाम बन्दसत्रमा पढेर सुनाउने

नेपालभ्युज

प्रचण्डले सर्वसम्मतिका लागि केन्द्रीय सदस्यको नाम बन्दसत्रमा पढेर सुनाउने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वसम्मतिका लागि केन्द्रीय सदस्यहरूको नाम प्रस्तुत गर्ने तयारी गरेका छन्।

स्थायी कमिटी बैठकबाट पारित केन्द्रीय सदस्यहरूको नाम सम्भवतः आजै टुंगो लगाउन उक्त प्रयास गरिएको हो।

शनिबार (माओवादी केन्द्र)ले निर्वाचन तालिका सार्वजनिक गरे पनि सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास विफल भएपछि स्थगित गरिएको थियो। पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहित केन्द्रीय कमिटी घोषणा हुने बुझिएको छ।

महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै छ। जसमध्ये १४५ जना खुला र १५४ जना समानुपातिक प्रणालीबाट चयन हुनेछन्। समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ।

माओवादीमा केन्द्रीय समितिको सदस्य चयन प्रक्रिया अप्ठेरो परिरहेको अवस्था थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा नाम सार्वजनिक गर्ने प्रयासमा रहँदा पार्टीभित्र भने सहमति जुट्न सकिरहेको थिएन।

सहमतिकै प्रयासमा बन्दसत्र स्थगित गरेर स्थायी कमिटी सदस्यहरुको बैठक पटकपटक बसेको छ। माओवादी केन्द्रले सहमतिकै लागि निर्वाचन कार्यक्रम तीन पटक संशोधन गरिसकेको छ।

यो पनि पढ्नुहोस्

माओवादी नेतृत्व चयनबारे प्रतिनिधिहरू भन्छन् : सर्वसम्मत हुनुपर्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved