बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृहको निर्देशन

नेपालभ्युज

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृहको निर्देशन

काठमाडौं। चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

प्रचलित कानूनभन्दा बढी शुल्क लिएको पाइए कानूनअनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयका सहसचिव प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए।

काठमाडौं उपत्यकाका तीनसहित १२ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै छानबिन गर्न गृहले आदेश दिएको हो।

काठमाडौं उपत्यकाका तीनसहित (मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रुपन्देही, बाँके र जुम्ला) जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै छानबिन गर्न आदेश दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई बोधार्थ दिँदै गृहले १२ जिल्ला प्रशान कार्यालयलाई पत्राचार गरेको छ।

त्यस्तै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोके भन्दा झन्डै २० लाख बढि पैसा मागेपछि वद्यार्थीहरु एक महिनादेखि आन्दोलनमा उत्रिएका छन्।

यो पनि पढ्नुहोस्

चर्को शुल्क उठाउँदै मेडिकल कलेज, एमबीबीएसका विद्यार्थी सडकमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved