अब काठमाडौंभर सीजी नेट

“हामी काठमाडौंका सबै नागरिकलाई चाहिएको बेला नै सेवा दिन सक्ने भएका छौं”, प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, “सस्तो मूल्यमा उच्च गतिको गुणस्तरीय सेवा दिएकैले हामी छोटो समयमै लोकप्रिय भएका हौँ।”

नेपालभ्युज

अब काठमाडौंभर सीजी नेट

काठमाडौं। अब काठमाडौंका सबै भेगमा सीजी नेट उपलब्ध हुने भएको छ। चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा बिस्तार गरेको हो।

सीजी नेटका प्रमुख कार्यकारी अधिकृत सञ्जय पोखरेलले अब काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफूहरु सक्षम भएको जानकारी दिए।

“हामी काठमाडौंका सबै नागरिकलाई चाहिएको बेला नै सेवा दिन सक्ने भएका छौं”, प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, “सस्तो मूल्यमा उच्च गतिको गुणस्तरीय सेवा दिएकैले हामी छोटो समयमै लोकप्रिय भएका हौँ।”

इन्टरनेट प्रयोगकर्ताले सीजी नेटप्रति देखाएको विश्वासले आफूहरुलाई हौसला प्रदान गर्दै थप जिम्मेवार बनाएको पनि उनले बताए।

९९९ रुपैयाँमै १२० एमबीपीएस गतिसहितको योजनाले शुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६४९ रुपैयाँमै पचास एमबीपीएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ। नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ।

गत जेठमा काठमाडौंका सीमित क्षेत्रबाट इन्टरनेट सेवाको शुरुवात गरेको सीजी नेटले हाल आफूलाई काठमाडौंका सबै भूभागमा पु¥याउँदा ग्राहक संख्या दश हजार नाघेकोे जनाएको छ।

सस्तो मूल्यमा तीव्र गतिको इन्टरनेट खोज्नेहरुको लागि सीजी नेट सबैभन्दा उपयुक्त विकल्प रहेको कम्पनीको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved