कांग्रेसले सार्वजनिक गर्यो निर्वाचित केन्द्रीय समितिको वरीयतासहितको नामावली

सभापति देउवासँग दोस्रो चरणमा नेतृत्व प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालालाई २० औँ वरीयता क्रममा राखिएको छ।

नेपालभ्युज

कांग्रेसले सार्वजनिक गर्यो निर्वाचित केन्द्रीय समितिको वरीयतासहितको नामावली

काठमाडौं। नेपाली कांग्रेसले १४ औँ महाधिवेशनवाट निर्वाचित केन्द्रीय समितिको नामावली वरीयतासहित सार्वजनिक गरेको छ।

वरीयतालाई लिएर कांग्रेस भित्र विभिन्न विचारहरु आइरहँदा केन्द्रीय कार्यालयले नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेको हो।

सार्वजनिक सूचीमा पहिलो नम्बरमा सभापति शेरबहादुर देउवा, दोस्रोमा उपसभापति पूर्णबहादुर खड्का, तेस्रोमा धनराज गुरुङलाई राखिएको छ।

त्यस्तै, चौंथोमा महामन्त्री गगन थापा र पाँचौँमा विश्वप्रकाश शर्माको वरीयता तोकिएको छ। सहमहामन्त्रीमा सबैभन्दा पहिलो वरीयता फरमुल्लाह मन्सुरको राखिएको छ भने अन्तिममा जीवन परियारलाई राखिएको छ।

यसैगरी, केन्द्रीय सदस्यहरुको नामावलीमा पहिलो नम्बरमा गोपालमान श्रेष्ठको नाम छ भने दोस्रोमा पूर्वमहामन्त्री शशांक कोइरालाको नाम छ। १४ औँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएका केन्द्रीय सदस्य मुक्ता यादव १०४ औँ स्थानमा छन।

सभापति देउवासँग दोस्रो चरणमा नेतृत्व प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालालाई २० औँ वरीयता क्रममा राखिएको छ।

कोइरालालाई दोस्रो वरीयतासहित वरिष्ठ नेता दिनु पर्ने आवाज कांग्रेस भित्र उठिरहेको छ। तर, सभापति देउवा यसप्रति मौन छन्।

नवनिर्वाचित कार्यसमितिको सबैभन्दा अन्तिम वरीयतामा जीवन राणाको नाम राखिएको छ।

सूची:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved