पाँच महिनामा १४ करोड रुपैयाँको नुन बिक्री

कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मंसीर मसान्तसम्मको अवधिमा कूल १४ करोड ३५ लाख २५ हजार ३२५ रुपैयाँ बराबरको नुनजन्य सामग्री बिक्री गरेको थियो।

नेपालभ्युज

पाँच महिनामा १४ करोड रुपैयाँको नुन बिक्री

वीरगञ्ज। साल्ट ट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महीनाका अवधिमा १४ करोड रुपैयाँ मूल्य बराबरको नुनजन्य सामग्री बिक्री गरेको छ।

कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मंसीर मसान्तसम्मको अवधिमा कूल १४ करोड ३५ लाख २५ हजार ३२५ रुपैयाँ बराबरको नुनजन्य सामग्री बिक्री गरेको थियो।

कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नुनजन्य सामग्री बिक्री गरेको जानकारी दिए। २०२० साल भदौ २७ गते सार्वजानिक निजी साझेदारीमा स्थापित सो कर्पाेरेशनले पछिल्लो समय ऐतिहासिक फड्को मारेको छ। संस्थामा सरकारको २२ प्रतिशत शेयर लगानी छ।

स्थापनाका ५८ वर्षमा कर्पोरेशनले दैनिक उपभोग्य बस्तु नुन, चिनी, चामल, दाल, अन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यास लगायतका वस्तु सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ।

कर्पाेरेशनले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग, खाद्य उद्योग, नेपाल वनस्पति घ्यू उद्योग लिमिटेड लगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग स्थापना गरेको थियो।

यसैगरी नेशनल फाइनान्स, सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको छ। सरकारले दिएको नीति निर्देशनमा कर्पोरेशनले समयमै आयात व्यवस्था गरेर चिनी, नुन, चामल र मलको कमी हुन दिएको छैन।

कर्पोरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुन दक्षिण एशियामै सस्तो छ। कर्पाेरेशनले ७ वर्षअघिकै मूल्यमा नुनको सहज रुपमा बिक्री वितरण गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved