ओलीको दम्भ र अंहकारले एकता भत्कियो : प्रचण्ड

नेपालभ्युज

ओलीको दम्भ र अंहकारले एकता भत्कियो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीको दम्भ र अंहकारले नेकपा एकता भत्किएको आरोप लगाएका छन्।  हिजोदेखि जारी माओवादीको आठौं महाधिवेनको बन्द सत्रमा राजनीतिक प्रतिवेशन पेश गर्ने क्रममा प्रचण्डले एमालेसँगको एकताबारे समीक्षा गर्दै यस्तो आरोप लगाएका हुन्।

प्रचण्डलाई उद्धृत गर्दै महाधिवेशनमा सहभागीले एक नेताले भने, “एमालेसँगको एकता गलत थिएन तर ओलीकै दम्भ र अहंकारले एकता प्रक्रिया टिक्न सकेन।”  हिजो महाधिवेशनको बन्दसत्र तथा त्यसको अघिल्लो दिन नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट तथा छलफलमा पनि प्रचण्डले पार्टी एकता नचाहँदा नचाहँदै भत्किएको बताएका थिए। उनले त्यस क्रममा आफूहरूबीच कमजोरी रहेको र त्यसको समीक्षा गर्नुपर्ने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved