माओवादी महाधिवेशन

‘मैले केपीजीलाई फोन गरेर बोलाएको थिएँ, उहाँले महासचिव पठाउनुभयो’

नेपालभ्युज

‘मैले केपीजीलाई फोन गरेर बोलाएको थिएँ, उहाँले महासचिव पठाउनुभयो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीको महाधिवेशनमा फोन गरेर बोलाएको बताएका छन्।

माओवादीको आठौं महाधिवेशन क्रममा आज प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले भने, “मैले केपी ओलीजीलाई पनि फोन गरेर बोलाएको थिएँ तर उहाँले पूर्वनिर्धारित कार्यक्रमअनुसार बाहिर छु भन्नुभो। मैले २-३ बजेतिर भए पनि मिलाएर आउनुस् भनें। उहाँले महासचिवलाई पठाउनुभयो। साँच्चीकै महासचिव आउनुभयो।”

आज माओवादी महाधिवेशनमा एमालेबाट महासचिव शंकर पोखरेल गएका थिए। उनले त्यहाँ सम्बोधन गरेका थिए।

पछिल्लो समय प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको सम्बन्ध चिसिएको छ। विशेषतः नेपाल कम्युनिष्ट पार्टीबाट दुई अध्यक्ष नेतृत्वको पार्टी ब्युँतिएपछि यी दुई नेता-आरोप प्रत्यारोपमा मात्र होइन गम्भीर दोषारोपणमा उत्रिएका छन्।

तर भर्खरै सकिएको नेपाली कांग्रेसको महाधिवेशनमा प्रचण्ड-ओलीले एकै मञ्चबाट सम्बोधन गरेका थिए। नेकपा पार्टी फुटेपछि यी दुई नेताहरू पहिलोपटक कांग्रेसको महाधिवेशनमा एकैसाथ देखापरेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच २०६० सालमा गोप्य सम्झौता भएको आरोप लगाइरहेका छन्। त्यसै सहमतिअनुसार नै तत्कालीन राजा देशभर अभिनन्दनमा निस्किएका ओलीको आरोप लगाउँदै आइरहेका छन्। तर प्रचण्डले भने यसप्रति कडा शब्दमा खण्डन गर्दै यसलाई प्रमाणित गर्न चुनौती दिइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved