साताको पहिलो दिन सेयर बजार उत्साहित

नेपालभ्युज

काठमाडौं । साताको पहिलो दिन सेयर बजार उत्साहित देखिएको छ। आइतबार ७१.२० अंकले सेयर बजार बढ्दै २५९१.४२ अंकमा पुगेर बन्द भएको छ।

आइतबार बजारमा खरिद-बिक्री पनि उत्साहपूर्वक भएको छ। २३१ कम्पनीको ६ लाखभन्दा बढी कित्ता सेयर कारोबार हुँदै ५ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। आइतबार सेन्सेटिभ इन्डेक्स पनि ५.३ अंकले बढ्दै ४८२.७४ अंकमा पुगेको छ।

आइतबार केही कम्पनीहरूको मूल्यमा सकारात्मक सर्किट पनि लागेको छ। जीवन र निर्जीवन दुवै समूहका २५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो।

आइतबार खरिद-बिक्री रकममा ३२ करोड रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र नेपाल लाइफ इन्सुरेन्स परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved