अर्थमन्‍त्री शर्माको ‘माओवादी’ गीतिसंग्रह सार्वजनिक

नेपालभ्युज

अर्थमन्‍त्री शर्माको ‘माओवादी’ गीतिसंग्रह सार्वजनिक
फाइल तस्वीर

काठमाडौं।  नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माको परिकल्पना एवं रचना रहेको गीतिसङ्ग्रह सार्वजनिक भएको छ।
राष्ट्रिय सम्मेलनको अवसर पारेर ‘माओवादी’ नामक गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो। सो गीतमा गायक किरणबाबु पुन र तिलक परियारले स्वर दिएका छन्। गणतन्त्र, सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको नेतृत्वकर्ता र हिस्सेदार माओवादी नै भएको गीतमा वर्णन गरिएको छ।

जनयुद्धको बलमा नै निरंकुश शासन सत्ता अन्त्य भएको तथा देशमा राजनीतिक परिवर्तन भएको विषयलाई गीतमा उल्लेख गरिएको छ। नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टीका लागि नेकपा माओवादी केन्द्रको इतिहास समेटिएको जनवादी गीत ‘माओवादी’ सार्वजनिक गरिएको हो।

उक्त गीतको हाल श्रव्य सामग्रीमात्रै सार्वजनिक गरिएको जानकारी दिँदै गायक किरणबाबु पुनले केही समयभित्रै श्रव्यदृश्य सामग्रीसमेत उपलब्ध हुने बताए। अर्थमन्त्रीसमेत रहेका नेता शर्माको परिकल्पनामा यसअघि पनि ‘म यात्री हुँ क्रान्तिको यात्री’ बोलको गीत सार्वजनिक भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved