प्रिमियर लिगका दुई खेल स्थगित

कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका दुई खेल रद्द गरिएको छ।

नेपालभ्युज

प्रिमियर लिगका दुई खेल स्थगित

काठमाडौँ। कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका दुई खेल रद्द गरिएको छ।

आइतबारका लागि तय गरिएका लिभरपुल र लिड्स युनाईटेड तथा वुल्भ्स र वार्टफोर्डबीचको खेल रद्द गरिएको हो।

आइतबार मध्यरातीका लागि खेल तय गरिए पनि आधा दर्जन बढी खेलाडीमा ओमिक्रोन संक्रमण भएपछि खेल रद्द गरिएको हो।

अरू खेलाडी र प्रशिक्षक पनि उच्च जोखिममा परेका कारण प्रतियोगिताका अरू खेल पनि रद्द हुन सक्ने इंग्लिस प्रिमियर लिगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved