सूर्य चिह्न हाम्रो भइसकेको थियो, ओलीले षड्यन्त्र गरेर खोसे : प्रचण्ड

नेपालभ्युज

सूर्य चिह्न हाम्रो भइसकेको थियो, ओलीले षड्यन्त्र गरेर खोसे : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असंवैधानिक सेटिङमार्फत केपी ओलीले सूर्य चुनाव चिह्न खोसेको आरोप लगाएका छन्। ओलीले पहिले हार स्वीकार गरिसकेको भए पनि असंवैधानिक बाटोबाट नेकपा विभाजित गर्न सफल भएको आरोप उनले लगाए।

तत्कालीन नेकपा खेमामा माधव नेपाल र आफू मिल्दा ओली एक्लिएको दाबी उनको थियो। संसद् विघटनअघि आफू, बामदेव गौतम, माधव नेपाल लगायतका नेतासँग पार्टीभित्र ७५ प्रतिशत मत भएकाले आफू पार्टी र चुनाव चिह्नविहीन हुने डरले ओलीले संसद् विघटन गरिदिएको दाबी उनको थियो।

‘‘ओलीजीले हार स्विकारिसक्नु भएको थियो। चुनाव चिह्न सूर्य पनि हाम्रै भइसकेको थियो। उहाँ अर्को पार्टी दर्ता पनि गरिसक्नुभएको थियो। तर, असंवैधानिक र अवैधानिक बसेको संवैधानिक परिषद्को बैठकबाट निर्वाचन आयोगमा आफूले जे मान्ने त्यही मान्छे लगेर असंवैधानिक सेटिङबाट सूर्य चिह्न खोसियो,” उनले भने।

संसद् विघटनपछि ओलीले पार्टीमा काम गर्न नदिएपछि विघटन गरेको अभिव्यक्ति दिएकाले र्टीको आन्तरिक विवादका कारण जनताको सार्वभौमिक संस्था विघटन गर्नु निरंकुश, निर्लज्ज र घातक भएको पुष्टि हुने उनले बताए।

ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप उनको थियो। ‘‘आजभोली हामीले सदनभित्र जे भोगिरहेका छौं , त्यो प्रतिमगनकै निरन्तरता हो। संविधान मिच्ने, लोकतान्त्रिक परम्परालाई मिच्ने र प्रतिगनका लागि वातावरण तयार गर्ने षड्यन्त्रमा उहाँ लागिरहनु भएको छ,’’ प्रचण्डले भने,‘‘ अहिले पनि माधवजी देखिएपछि उहाँ संसद्मा उपस्थित हुनुहुन्न । कांग्रेस महाधिवेशनमा पनि आउनुहुन्न कि भनेको, कसो आउनुभयो ।’’

पाँच दलीय गठबन्धनलाई अस्विकृत गर्ने प्रवृत्तिले पनि ओली निरंकुश हुन् भन्ने देखाउने प्रचण्डले बताए। ‘‘ उहाँले गठबन्धन टुट्छ भने नेपाली सरकारलाई एकलौटी सरकार चलाउन दिने, गठबन्धन टुट्यो भने एमसीसी पारित गर्न दिनेलगायत कुरा गर्नुभयो। यो पनि कुनै लोकतन्त्र हो।’’

संसद् चल्न नदिने कार्य पनि प्रतिगमनकै डिजाइनअन्तर्गत भइरहेको उनले आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved