तिब्बती सिँगार्ने नेपाली कालिगड (फोटो फिचर)

सुन्दा जति अचम्म लाग्छ त्यतिकै सत्य पनि हो यो कुरा। चीनको छिङहाई प्रान्तको युशुमा नेपाली युवाहरू दुई वर्षदेखि हातले गहना बनाइरहेका छन्। नेपाली हातबाट सिर्जित गहना लगाएर तिब्बती जातिका चिनियाँहरू चिटिक्क परेर हिँड्छन्।

तिब्बती सिँगार्ने नेपाली कालिगड (फोटो फिचर)

बेइजिङ। २१ औं शताब्दीको दुई दशक बित्दा पनि नेपालमा हातैले गहना बनाउने काम लोकप्रिय छ। नेपालमा मात्र होइन चीनमा पनि हातैले गहना बनाउने चलन छ भन्दा पत्याउन मुस्किल पर्छ। संसारका हरेक डिजाइनमा डाइ बनाएर रातारात सबै कुरा उत्पादन गर्न सक्ने चीनमा हातैले गहना बनाउने काम ! अनि हातैले गहना बनाउने व्यक्तिचाहिँ नेपाली !

सुन्दा जति अचम्म लाग्छ त्यतिकै सत्य पनि हो यो कुरा। चीनको छिङहाई प्रान्तको युशुमा नेपाली युवाहरू दुई वर्षदेखि हातले गहना बनाइरहेका छन्। नेपाली हातबाट सिर्जित गहना लगाएर तिब्बती जातिका चिनियाँहरू चिटिक्क परेर हिँड्छन्।

छिङहाई चीनको स्वायत्त प्रदेश तिब्बतको उत्तर पूर्वमा पर्दछ। छिङहाईमा अधिकांश तिब्बती अल्पसङ्ख्यक जातिका चिनियाँहरू बसोबास गर्छन्। यहाँ नेपाली मूर्ति, पस्मिना, सिङ्गिङ बोल, बुद्धचित्तलगायतका हस्तकलाका सामानहरूको प्रयोग हुने गर्छ।

तिब्बती जातिका महिलाहरूको विशेषता भनेकै झरिझट्ट गहना लगाउनु हो। छिङहाईको पूर्वदक्षिण क्षेत्रमा रहेको युशु प्रिफेक्चरमा पनि अधिकांश तिब्बती जातिका मानिस बसोबास गर्छन्। यो तिब्बतको नजिकै पनि पर्छ।

युशुको बाटो छेउमा रहेको ‘गहना फ्याक्ट्री’ मेत्रोपेमाबाट आइरहने ट्याकट्याक ट्याकट्याक आवाजले बाटो हिँड्ने सबैको ध्यान तान्ने गर्छ। त्यो बजार आसपासमा यसरी हातले गहना बनाउने कुनै पसल छैन। बरु गहना आधुनिक कारखानाचाहिँ छन् तर गहनाप्रेमीका लागि भने हातले बनाउने परम्परागत शैलीलाई नै रुचाएका छन्।

उक्त कारखानामा हरेक दिन हातले गहना बनाउने तीनजना युवाहरू सबै नेपाली हुन्। रन्जित विक, रेशम बराइली र देवीलाल सुनार दुई वर्षभन्दा लामो समयदेखि सोही ठाउँमा नेपाली कलालाई तिब्बती गहनामा ढालेर तिब्बती चिनियाँलाई सिँगार्ने काम गरिरहेका छन्।

 

यी तीनजना युवाहरू नेपालमा पनि गहना बनाउने काम गर्थे। बौद्ध क्षेत्रमा तिब्बती गहना बनाउँदा बनाउँदै कर्मले डोर्‍याएर चीनमा गहना बनाउन आइपुगेका हुन्।

युशुको बाटो छेउमा रहेको ‘गहना फ्याक्ट्री’ मेत्रोपेमाबाट आइरहने ट्याकट्याक ट्याकट्याक आवाजले बाटो हिँड्ने सबैको ध्यान तान्ने गर्छ। त्यो बजार आसपासमा यसरी हातले गहना बनाउने कुनै पसल छैन। बरु गहना आधुनिक कारखानाचाहिँ छन् तर गहनाप्रेमीका लागि भने हातले बनाउने परम्परागत शैलीलाई नै रुचाएका छन्।

तिब्बती जातिका मान्छे सुनका भन्दा बढी चाँदीका गहना लगाउन रुचाउँछन्। महिलाले मात्र होइन लोग्ने मान्छेले पनि कमरमा गहनाको माला लगाउने तिब्बती जातिमा परम्परा रहेक छ।

महिलाले चाहिँ चुल्ठोदेखि गलामा र कमरमा पनि गहना लगाउँछन्। अधिकांश गहना चाँदीबाट बनाइन्छ भने केही सुनबाट पनि बनाइने अथवा अन्य धातुमा सुन मिसाएर बनाइने गरिन्छ।

चाँदीबाहेक सुन, तामा, पित्तललगायत विभिन्न धातुबाट पनि गहना बनाइन्छ। नेपालमा अधिकांश गहना सुनबाट बनाइन्छ। त्यसबाहेक चाँदीका गहना लगाउने चलन छ। नेपाली परम्परागत गहना र तिब्बती गहना बनाउने कला पूर्ण रूपमा फरक रहेको छिङहाईको युशुमा गहना बनाइरहेका पर्साका रन्जित विकले नेपालभ्यूजलाई बताए। “नेपाली र तिब्बती गहनाका डिजाइन, बुट्टा, आकाश सबै कुरामा फरक छ”, विक भन्छन्,”बनाउने तरिका र औजार पनि फरक हुने गर्छ।”

रन्जितले भने, “यस क्षेत्रमा बसोबास गर्ने तिब्बती जातिका चिनियाँहरूले हामी नेपालीलाई अत्यन्त माया गर्छन्।” स्थानीय मान्छेले नेपाली मान्छे र नेपाली कलालाई उच्च सम्मान गर्ने गरेको उनको भनाइ छ। “यहाँका धेरैजस्तो तिब्बतीहरू नेपाल गएका छन्। कोही त फाट्टफुट्ट नेपाली पनि बोल्छन्”, उनले भने, “बाहिरफेरो माने घुमाउँदै हिँड्ने बृद्ध व्यक्तिले पनि नेपाली टोपी लगाएको देखेरमा मुसुक्क हाँसेर अभिभावदन गर्ने गर्छन्।”

तीन वर्ष बस्ता रन्जितलगायत नेपाली युवाले आफ्नै घरजस्तै ठानेका छन् छिङहाईलाई। स्थानीयको माया र सद्भावले गर्दा नै उनीहरूलाई घरको न्यास्रो पनि कम भएको छ।

१३/१३ वर्षको बाल्यकालदेखि नै रन्जितले गहना बनाउन थालेका हुन्। उनका बाबुबाजेले पर्सा जिल्लाको ठोडी गाउँमा गहना बनाउने काम गर्थे। बाउबाजेको काम देखेर आफूमा राम्रो ज्ञान नपलाइकन गहना बनाउन थालेको उनी बताउँछन्। पर्साबाट बौद्धमा आएर उनी तिब्बती गहना बनाउन थाले। शुरुमा उनलाई तिब्बती गहना बनाउन निकै कठिन भयो। नेपाली गहना बनाउन उनलाई राम्ररी आउँथ्यो। कला जानेकाले केही समयमै उनले तिब्बती गहना बनाउन भाका टिपे। सात वर्ष बौद्धमा तिब्बती गहना बनाएपछि उनी वैदेशिक रोजगारीका लागि मलेसिया गए। मलेसिया जानुभन्दा अगाडि उनले बिहे गरिसकेका थिए। एउटा छोरा पनि जन्मिसकेको थियो।

सन् २०१२ मा मलेसियामा रन्जित २०१६ मा नेपाल फर्किए र फेरि बौद्धमा तिब्बती गहना बनाउन थाले। यही समयमा रन्जिको दोस्रो सन्ताको जन्म भयो। बौद्धमा क्षेत्रमा थुप्रै तिब्बती जातिका मानिसहरू बसोबास गर्छन्। रन्जितले बनाएका गहना बौद्ध क्षेत्रमा बसोबास गर्ने तिब्बती जातिका मानिसले निकै मन पराउँथे।

बौद्धमा रन्जितले काम गर्ने पसलमा एक दिन सुरजमान बज्राचार्य आइपुगे। उनले निकैबेर गहना बनाएको हेरे। केही कुराकानी गरे। सुरजमानले रन्जितलाई भने, ‘तिमी मसँग चीनमा जान्छौँरु त्यहाँ पनि यस्तै तिब्बती गहना बनाउने काम गर्नुपर्छ।’

सन् २०१२ मा मलेसियामा रन्जित २०१६ मा नेपाल फर्किए र फेरि बौद्धमा तिब्बती गहना बनाउन थाले। यही समयमा रन्जिको दोस्रो सन्ताको जन्म भयो। बौद्धमा क्षेत्रमा थुप्रै तिब्बती जातिका मानिसहरू बसोबास गर्छन्। रन्जितले बनाएका गहना बौद्ध क्षेत्रमा बसोबास गर्ने तिब्बती जातिका मानिसले निकै मन पराउँथे।

कामको प्रगति र तलबमा कुरा मिलेपछि रन्जित सन् २०१९ को नोभेम्बरमा चीनको छिङहाई प्रान्तको युसुमा आइपुगे। उनीसँगै रेशम बराइली र देवीलाल सुनार पनि आएका छन्। उनीहरूले गहना बनाउने औजार पनि नेपालबाटै ल्याएका छन्।

त्यस्ता औजार चीनमा नपाइने कुरा सुरजलाई पहिले नै थाहा थियो। उनले रन्जितलगायत नेपाली युवालाई औजार पनि बोक्न भने। सुरजले चाहिने सबै औजार नेपालमै किनेर छिङहाईमा ल्याएपछि नेपाली युवालाई पनि गहना बनाउन सहज भएको छ।

छिङहाईमा कताकति हातले गहना बनाउने चलन छ तर आफूजस्तै नेपालीले बनाएको चाहिँ आफूलाई थाहा नभएको रन्जितले बताए। मिसिनले बनाएका गहनाभन्दा हातले बनाएका गहनाको आकर्षण धेरै भएको र त्यसको मान्यता पनि बढेको उनी बताउँछन्। आफूले बनाएको गहना लगाएको मान्छे बाटो अथवा बजारमा देख्दा आफूलाई गर्व लागेको उनी बताउँछन्।

सुरजमान लामो समयदेखि छिङहाईमा मूर्ति व्यापार गर्दै आएका थिए। सुरजले मेत्रोपेमा कम्पनी खोलेर तिब्बती गहना बनाउन थालेका हुन्। मेत्रोपेमा तिब्बती शब्द हो। यसको अर्थ कमलको फूल भन्ने हुन्छ। यो कम्पनीको मुख्य व्यक्ति नै सुरज हुन्।

कोरोना महामारी शुरु हुनुभन्दा केही महिना अगाडि मात्र आइपुगेका उनीहरू त्यसपछि निरन्तर काम गरिरहेका छन्। उनीहरूको कामलाई न कोरोना महामारीले असर गरेको छ न त छिङहाईको हिमपातले। स्थानीय तिब्बती जातिले लगाउने गहना भएकाले सधैँ अडर आइरहन्छ बरु कामको मागअनुसार आपूर्ति गर्न मुस्किल भएको रन्जितले सुनाए।

एउटा गहनाको डिजाइन र सामान हेरेर त्यसको निर्माण समय लाग्ने रन्जित बताउँछन्। कुनै कुनै गहना तीनचार दिनमै तयार हुन्छ भने कुनै गहना बनाउन १० देखि १२ दिन पनि लाग्ने गर्छ। तामा अथवा पित्तलमा पनि सुन मिसाएर गहना बनाइने हुनाले जति मिहिनेत गर्‍यो गहनाको चमक र आकर्षण उति बढ्ने गरेको उनको अनुभव छ।

छिङहाईमा जाडो याममा बाक्लो हिँउ पर्ने गर्छ। बाहिर निकै चिसो भए पनि काम गर्ने ठाउँ र बसोबासमा तातो बनाउने ‘हिटिङ सिस्टम’ भएकाले सधैँ नियमित र उही गतिमा काम हुने गरेको छ। हरेक १५ दिनमा एक दिन बिदा पाउने गरेको र खानबस्न तथा औषधि उपचार सबै कम्पनीले गरेकाले काममा आफूहरू रमाइरहेको रन्जितले बताए। भन्छन्, “कोरोना महामारीले गर्दा परिवारसँग भेट नभएको लामो समय भयो त्यति मात्र हो चिन्ताको विषय अरू सबै मज्जा छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved