उच्च अंकले घट्यो नेप्से

नेपालभ्युज

उच्च अंकले घट्यो नेप्से

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७ दशमलव ८७ अङ्कले घटेर दुई हजार ३७६ दशमलव ७४मा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५दशमलव८३ अङ्कले ओरालो लागेर ४५३ दशमलव ५३ मा पुगेको छ।

कूल २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर रु दुई अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको सेयर मूल्यमा गिरावट देखियो। सामूहिक लगानी कोष ० दशमलव ०८ अङ्कले मात्रै उकालो लाग्यो।

यस्तै बैंकिङ ५ दशमलव ६८, व्यापार ६४ दशमलव ६१, होटल तथा पर्यटन ४६ दशमलव २१, विकास बैंक १५७ दशमलव ५, जलविद्युत् ८२दशमलव४१, वित्त ५६दशमलव२३, निर्जीवन बीमा २६४दशमलव६१, उत्पादन ८५दशमलव३६, अन्य ३९दशमलव६३, लघुवित्त ८१दशमलव०६, जीवन बीमा २६३दशमलव२१ र लगानी १दशमलव५३ अङ्कले ओरालो लागे।

कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु नौ करोड ४३ लाख ८६ हजार ७१७ बराबरको कारोबार भयो। नेपाल बङ्गलादेश बैंक रु सात करोड आठ लाख ४३ हजार ३००, समृद्धि फाइनान्स रु छ करोड ९५ लाख ७९ हजार, अपि पावर कम्पनी रु छ करोड ८७ लाख ३३ हजार ५६६ र नेशनल हाइड्रोपावर रु छ करोड ५४ लाख ८५ हजार ६५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन्।

नेप्सेका अनुसार नेपाल बङ्गलादेश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्त ५दशमलव३५, माउण्टेन इनर्जी ४दशमलव०३, कर्पोरेट डेभलपमेन्ट बैंक ४दशमलव०१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले चार प्रतिशतले कमाए।

त्यस्तै, ग्रीन लाइफ हाइड्रो ७दशमलव५९, मैलुङ खोला जलविद्युत् कम्पनी ७दशमलव५१, हिमालयन पावर पार्टनर ७दशमलव०७, नेपाल हाइड्रो डेभलपर ६दशमलव३२ र दिव्यश्वरी हाइड्रो पावरका शेयरधनीले ६दशमलव११ प्रतिशतले गुमाए।

बिहीबारको कारोबारपछि बजार पुँजीकरण रु ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाख ६४ हजार ४७२ बराबर पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved