कांग्रेस जसरी हिजो चलेको थियो त्यसरी अब चल्दैन : शर्मा

महामन्त्रीमा विजयी अर्का नेता गगन थापासँग जोडी बाँधिएर काम गर्ने प्रतिवद्धता उनले गरे।

नेपालभ्युज

कांग्रेस जसरी हिजो चलेको थियो त्यसरी अब चल्दैन : शर्मा
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित विश्वप्रकाश शर्माले पुरानो ढंगले पार्टी नचल्ने बताएका छन्।

महामन्त्रीमा विजयी भएपछि प्रतिक्रिया दिँदै उनले कांग्रेसले ७० वर्ष पूरा गरेकोमा अब नवीन यात्रा गर्ने क्रममा आधुनिक कांग्रेस बनाउन लागिपर्ने बताए। विगतका दिनमा कांग्रेस जसरी चलिरहेको थियो त्यसरी नचल्ने भएकाले रूपान्तरण गर्ने भनाइ उनको थियो।

‘‘कांग्रेस जसरी हिजो चलेको थियो त्यसरी अब चल्दैन, रूपान्तरित भएर जान्छ”,उनले भने।

अब प्रतिस्पर्धा सकिएकाले मन जित्नेगरी काममा प्रतिस्पर्धा गरेर जाने उनले बताए। महामन्त्रीमा विजयी अर्का नेता गगन थापासँग जोडी बाँधिएर काम गर्ने प्रतिवद्धता उनले गरे।

‘‘आधुनिक कांग्रेस बन्ने/बनाउने दिशामा महामन्त्री पदमा दुई युवालाई निर्वाचित गरेर मेरा परम् आदरणीय मित्र गगन थापा र विश्वप्रकाश शर्माले हल बाँधिएर जोडी बाँधिएर काम गरून् भन्ने अपेक्षा राख्नुभएको छ, त्यस अपेक्षाअनुसार हामी काम गर्छौं,” उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved