सप्तरंग ३ का कलाकारद्वारा बुटवलको बालाजी शोरुममा टीभीएस रेडर सार्वजनिक

नेपालभ्युज

सप्तरंग ३ का कलाकारद्वारा बुटवलको बालाजी शोरुममा टीभीएस रेडर सार्वजनिक

बुटवल। सप्तरंग ३ का कलाकारहरूद्वारा बुटवलस्थित टीभएस शोरुम बालाजी अटोमोबाइल्समा ‘टीभीएस रेडर मोटरसाइकलको सार्वजनिक गरिएको छ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, बुटवल स्थित आफ्नो शोरुमबाट १ सय २५ सीसी श्रेणीअन्तर्गतको टीभीएस रेडर सार्वजनिक गरेको हो।

आज भएको कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हाँस्यकलाकार राजा राजेन्द्र पोखरेलको उपस्थितिमा उक्त मोटरसाइकल सार्वजनिक गरिएको थियो।

युवालक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलइडी हेडल्याम्प जस्ता फस्ट-इन-क्लास फिचर्सका साथै फस्ट-इन–सेग्मेन्ट अन्डरसिट स्टोरेज पनि उपलब्ध गरिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved