कांग्रेसको १४ औँ महाधिवेशन

गगन थापा जितनजिक : विश्वप्रकाशलाई पछ्याउँदै प्रकाशशरण

नेपालभ्युज

गगन थापा जितनजिक : विश्वप्रकाशलाई पछ्याउँदै प्रकाशशरण

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जारी महामन्त्रीको मतगणनामा गगन थापाले भारी मतान्तरले अग्रता लिएका छन्। कूल ३९ सय ९० मत गणना हुँदा गगन थापाले २५८१ मत पाएका छन्।

उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माको पक्षमा १६४२ मत खसेको छ। शुरुआती अवस्थामा मत कम ल्याएका डा प्रकाशशरण महतको भने अहिले मत केही बढेको छ। उनले १३२७ मत पाएका छन्। अब करिब सात सय मत गणना हुन बाँकी छ। यस्तोमा थापा जित नजिक देखिएका छन्।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणाम :
गगन कुमार थापा : २५८१
विश्व प्रकाश शर्मा : १६४६
डा प्रकाश शरण महत : १३२७
प्रदिप पौडेल : ११८८
डा मीनेन्द्र रिजाल : ६८७
डा राजाराम कार्की : ८८

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved