एमसीसी मुख्यालयमा नेपालबारे समिक्षा, कुनै निर्णय भएन

नेपालभ्युज

एमसीसी मुख्यालयमा नेपालबारे समिक्षा, कुनै निर्णय भएन

काठमाडौं । मिलिनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) मुख्यालयमा बुधबार बसेको बैठकले एमसीसीबारे नेपालमा भइरहेको प्रगतीको समिक्षा गरेको छ। एमसीसीले विज्ञप्ति जारी गर्दै नेपालमा भइरहेको प्रगतीबारे बैठकमा समिक्षा भएको जनाएको हो।

सअघि नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण–पूर्वी एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुुले नेपाल सरकारलाई १४ डिसेम्बरसम्म निर्णय गर्न आग्रह गरेका थिए।

१५ डिसेम्बरमा एमसीसी मूख्यालयमा हुने बोर्ड बैठकअघि नेपालले एमसीसीको विषयमा ठोस निर्णय गर्नुपर्ने उनको आग्रह थियो। तर, १४ डिसेम्बरसम्म नेपालले एमसीसीका विषयमा कुनै निर्णय लिन सकेन। त्यहीकारण बुधबारको बैठकले नेपालका विषयमा कुनै निर्णय गर्नसक्ने अपेक्षा गरिएको थियो। तर बैठकमा एमसीसीबारे नेपालमा भइरहेको प्रगतीको समिक्षा भएपनि कुनै निर्णय भने गरिएन।

सन् २०१७ मा नेपाल–अमेरिकाबीच एमसीसी सम्झौता भए पनि ५०० मिलयन डलरको यो परियोजना नेपालमा अघि बढ्न सकेको छैन। एमसीसी कार्यान्वयनका लागि संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने आवश्यकता छ, तर अहिलेसम्म संसद्मा यो प्रस्ताव नै टेबल भएको छैन।

अमेरिकाले एमसीसी परियोजनाको अपेक्षा अन्य देशले पनि गरेको हुँदा नेपालले सम्झौता कार्यान्वयन गर्ने\ नगर्नेबारे स्पष्ट गर्नुपर्ने अमेरिकाले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved