कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना शुरु

नेपालभ्युज

कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना शुरु

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना शुरु भएको छ।

कांग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार ८ बजेदेखि मतगणना शुरु गर्ने कार्यतालिका रहे पनि करीब साढे दुई घण्टा ढिलोगरि केन्द्रीय कार्यालय सानेपामा मतगणना शुरु भएको हो।

महाममन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल र राजाराम कार्की प्रतिस्पर्धामा छन्।

यी ६ प्रतिस्पर्धीबाट दुईजना महामन्त्री निर्वाचित हुनेछन्। कांग्रेसमा शेरबहादुर देउवा सभापति, तथापूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved