अरब कप : आयोजक कतारलाई हराउँदै अल्जेरिया फाइनलमा

नेपालभ्युज

अरब कप : आयोजक कतारलाई हराउँदै अल्जेरिया फाइनलमा

एजेन्सी। आयोजक कतारलाई हराउँदै अल्जेरियाले अरब कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। ६० मिनेटमा अल्जेरियालाई बेन्लार्मी जमेलले अग्रता दिलाएका थिए।

तर, ईन्जुरी समयको सातौं मिनेटमा मोहम्मद मुन्तारीले कतारबाट बराबरी गोल फर्काए। अल थुमामा रंगशालामा बुधबार निकै प्रतिस्पर्धात्मक र नाटकीय देखिएको खेलको ईन्जुरी समयको १७ औं मिनेटमा अल्जेरियाले पेनाल्टी पायो र मोहम्मद बेलाइलीले त्यसलाई गोलमा परिणत गर्दै आफ्नो टोलीलाई फाइनलमा पुर्‍याए।

शुरुमा रेफ्री सेज्मोन मार्किनेकले नौं मिनेट समय थप गरेको भएपनि कतारले गरेको गोलमा फल भएको भन्दै अल्जेरियाले चेकजाँचका लागि भिडियो एसिस्टेन्ट रेफ्रीको सहारा लिएको थियो। त्यसक्रममा केही समय लागेकाले इन्जुरी समयको खेल लम्बिएको थियो।
फाइनलमा अब अल्जेरियाले ट्युनिसियाको सामना गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved