सन्यास लिएका अगुइरोलाई मेस्सीको भावूक सन्देश

नेपालभ्युज

सन्यास लिएका अगुइरोलाई मेस्सीको भावूक सन्देश

एजेन्सी। बार्सिलोनाका सर्जियो अगुइरोले बुधबार सक्रिय खेल जीवनबाट सन्यास लिएका छन्। यी फुटबलर यसै वर्षमात्र बार्सिलोना आएका थिए।
तर, छातिमा देखिएको समस्याका कारण लामो समयदेखि मैदानबाहिर रहेका अगुइरो अन्ततः त्यही समस्याका कारण सन्यास लिने निर्णयमा पुगे।

अगुइरो आउनुअघि लियोनल मेस्सी बार्सिलोनाको कप्तान थिए। त्यसैले, मेस्सीसँगै खेल्नका लागि अगुइरो बार्सिलोना आएपनि यही वर्ष मेस्सी पेरिस सेन्ट जर्माइनमा आबद्ध भए।

यी दुई स्टारले अर्जेन्टिनाको टोलीबाट भने लामो समयसम्म खेले। अर्जेन्टिनाले यु–२० विश्वकप जित्दा यी दुबै खेलाडी टोलीका सदस्य थिए। राष्ट्रिय टिममा पनि उनीहरु नियमित सदस्य हुन्।

पछिल्लोपटक उनीहरुले एउटै टोलीमा रहेर कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेका थिए। ‘हामीबीच खेल्दाका धेरै अस्विमरणीय संझनाहरु छन्। केही समयअघिमात्रै कोपा अमेरिकाको उपाधि उचाल्नु एउटा महान् खुसी थियो। तिमीले इङल्यान्डमा पनि धेरै ठूलो उपलब्धि हासिल गरेका छौं र तिमीसँग अहिले आएर जे भयो, तिमीले जसरी फुटबल छाड्नुपर्‍यो, त्यो संझदा दुख लाग्छ। म ढुक्क छु कि तिमी निरन्तर खुसी हुनेछौं किनकी तिमी खुसी हुने र खुसी छर्ने व्यक्ति हुन्। तिम्रो जीवनको नयाँ शुरुवात सुरु भएको छ र तिम्रो अनुहारमा खुसी र लगाव सधैं रहनेछ भन्नेमा म विश्वस्त छु,’ मेस्सीले लेखेका छन्।

बार्सिलोना आउनुअघि अगुइरोले एक दशकसम्म म्यानचेस्टर सिटीबाट खेलेका थिए। उनले सिटीलाई पाँचपटक इंलिस प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved