कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना ८ बजेबाट

नेपालभ्युज

कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना  ८ बजेबाट

काठमाडौं। सबैले चासो दिएको कांग्रेस महामन्त्री पदको मतगणना केहीबेरमै शुरु हुने भएको छ । ८ बजेदेखि मतगणना शुरु हुने निर्वाचन समितिका अधिकारीले जानकारी दिएका छन्। समितिका अनुसार केन्द्रीय कार्यालय सानेपामा मतगणना हुनेछ।

विशेषगरी, युवामाझ लोकप्रिय नेताहरु विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल प्रतिस्पर्धामा रहेका कारण पनि महामन्त्री पदको चर्चा बढेको छ। प्रतिस्पर्धामा उनीहरुसँगै पाका नेता डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल र राजाराम कार्की पनि छन्।

यीमध्ये दुईजना महामन्त्री निर्वाचित हुनेछन्। कांग्रेसमा शेरबहादुर देउवा सभापति, तथापूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved