सीडीसीबाट ३ अर्ब ऋण लिंदै ग्लोबल आईएमई बैंक

नेपालभ्युज

सीडीसीबाट ३ अर्ब ऋण लिंदै ग्लोबल आईएमई बैंक

काठमाडौं। ग्लोबल आईएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ।

बैंकले सीडीसी ग्रुपसँग २५ मिलियन अमेरिकी डलर (करीब ३ अर्ब रुपैयाँ) ऋणका लागि बुधबार सहमति पत्रमा हस्ताक्षर गरेको छ। आज आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका नेपाल प्रतिनिधि रवि रायमाझीले उक्त सम्झौतापत्र आदानप्रदान गरेका हुन्।

सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई जलविद्युत, नविकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्र लगायतका नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरुको व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved