फुटेर जाँदा पनि नेपालमा वामपन्थी पार्टी लोकप्रिय छन् : अध्यक्ष नेपाल

राजनीतिक क्रान्ति जोगाउन आफूहरू सरकारमा गएको र सरकारमा वामपन्थी र लोकतान्त्रिक फरक-फरक  पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको उनको भनाइ थियो।

फुटेर जाँदा पनि नेपालमा वामपन्थी पार्टी लोकप्रिय छन् : अध्यक्ष नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले फुटेर जाँदा पनि नेपालमा वामपन्थी पार्टी लोकप्रिय भएको बताएङ्का छन्। पार्टीको बागमती प्रदेश कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले नेपालमा वामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि वामपन्थी पार्टी नै निर्माण गरिरहेको बताए।

उनले आफूहरू वामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे। पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए। देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उनले निर्देशन दिए। उनले भने, “आम नागरिकलाई चेतनशील र संगठित बनाएर मात्रै परिर्वतन सम्भव छ।”

देशभर नेकपा एसप्रति नागरिकको आकर्षण बढिरहेको उनले बताए। सबै प्रदेशका र विभिन्न जिल्लामा पार्टी र संगठन विस्तारका क्रममा रहेको र कतिपय जिल्लामा ठूलै परिवर्तन आइरहेको उनको भनाइ थियो। वडा तहसम्म कमिटी बनाउन र पार्टीलाई गतिशिल बनाउन निर्देशन दिँदै उनले भने, “अरु पार्टीभन्दा कसरी भिन्न पार्टी बनाउने भन्नेमा हाम्रो ध्यान पुग्नुपर्छ।”

काठमाडौंसहित देशका विभिन्न शहरको सडकको अवस्था खराब भए पनि राजनीतिक क्रान्ति जोगाउन आफूहरू सरकारमा गएको र सरकारमा वामपन्थी र लोकतान्त्रिक फरक-फरक  पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको उनको भनाइ थियो। राजनीतिक क्रान्ति जोगाउन वामपन्थी र लोकतान्त्रिक शक्तिसँग मिलेर लागेको उनले बताए।

कांग्रेस सभापति शेरबहादुर देउवा मात्रै नभएर कांग्रेसका अन्य नेता पनि गठबन्धनलाई अघि बढाउन सकारात्मक रहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved