एमालेका मनोनित केन्द्रीय सदस्यले लिए शपथ

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ ग्रहण गराएका हुन्।

नेपालभ्युज

एमालेका मनोनित केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित भएका ४४ जना नयाँ सदस्यहरुले पदको शपथ लिएका छन्।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा उनीहरुले शपथ लिएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ ग्रहण गराएका हुन्।

दशौं महाधिवेशनपछि गत आइतबार बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले खुल्लातर्फ २०, महिलातर्फ १५ र एकताको प्रक्रियाबाट आएका थप नौ जना गरी ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved