सरकारी निवासमा सरे मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले भने, “विगतका मुख्यमन्त्रीले होटल तथा बहालको घरमा बस्ने गरेकोमा आफू सरकारी व्ययभार कम गर्न सरकारी निवासमा बसोबासको व्यवस्था मिलाएको छु।”

नेपालभ्युज

सरकारी निवासमा सरे मुख्यमन्त्री राई

मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आजदेखि सरकारी निवासमा सरेका छन्। र्नुभएको छ यसअघि उनी विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृहमा बस्दै आएका थिए।

मुख्यमन्त्री राई विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सरेका हुन्। उनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सरकारी व्ययभार कम गर्न सरकारी निवासमा बसोबासको व्यवस्था गरेको बताए।

मुख्यमन्त्री राईले भने, “विगतका मुख्यमन्त्रीले होटल तथा बहालको घरमा बस्ने गरेकोमा आफू सरकारी व्ययभार कम गर्न सरकारी निवासमा बसोबासको व्यवस्था मिलाएको छु।”

मुख्यमन्त्री राईले मासिक चार लाख रुपैयाँ भाडा तिर्ने गरी मुख्यमन्त्रीका लागि लिएको काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्ने पनि बताए।

सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले सत्तारुढ गठबन्धन दलको महाधिवेशन समाप्त भएकाले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए।

मुख्यमन्त्री राईले आवश्यकताका आधारमा नौदेखि ११ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्ने जानकारी पनि दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved