कांग्रेस सभापतिमा देउवा विजयी

१४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा उनले २ हजार ७ सय ३३ मत पाएका छन्।

नेपालभ्युज

कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौँ। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा उनले २ हजार ७ सय ३३ मत पाएका छन्।

अर्का प्रत्याशी डा. शेखर कोइरालाले १८५५ मत पाएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो। यसमध्ये ४५८८ मत सदर भएको थियो।

बुधबार बिहान ३ बजे मतगणना सम्पन्न भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved