नेपाली कांग्रेसको १४ औं महाधिवशेन

सभापतिमा दोहोरिए शेरबहादुर देउवा

नेपालभ्युज

सभापतिमा दोहोरिए शेरबहादुर देउवा

काठमाडौं। देशको दोश्रो ठूलो दल नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन्। उनका प्रत्यासी शेखर कोइराला भने निकै पछि रहे। यद्यपि मतपरिणामको अन्तिम नतिजा भने आइसकेको छैन।

मगलबार भएको दोस्रो चरणको निर्वाचनमा कोइरालालाई ठूलो मतान्तरले पराजित गर्दै देउवा सभापतिमा दोहिरिएका हुन्। देउवाको जितसँगै नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारमा जान पाएन।

सोमबार भएको पहिलो चरणको मतदानमा देउवा मात्र ८८ मतले सभापतिमा निर्वाचित हुन चुकेका थिए। तर, दोस्रो चरणमा देउवाले आफ्नो मत बढाउँदै सभापति बने।

कांग्रेसको निर्वाचन समितिका अनुसार मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा ४ हजार ५ सय ६३ मत खसेको थियो।

१० औं र १२ औं महाधिवेशनमा सभापतिमा पराजय बेहोरेका देउवा १३ औं महाधिवेशनबाट कांग्रेसको सर्वोच्च पदमा पुग्न सफल भएका थिए। झन्द्दै ७ वर्षपछिको अर्को महाधिवेशनमा उनी दोहोरिन सफल भए। पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ औं महाधिवेशनमा भने सुशील कोइरालासँग पराजित भएका थिए।

झन्डै २० वर्ष कोइराला परिवारमा नेतृत्व रहेको पार्टीलाई उनले आफ्नो नेतृत्वमा ल्याउन सफल भएका थिए। देउवा २०४८ सालयताका सबै संसदीय निर्वाचनमा निरन्तर विजयी छन्।

नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको पछिल्लो नतिजाअनुसार शुरुदेखि अग्रता कायमै राखेका शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका थिए।

यसैबीच राष्ट्रिय सभागृहमा भएको मतदानस्थलबाहिर देउवासमर्थितहरूले नारा लगाएका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved