नेपाली कांग्रेसको १४ औं महाधिवशेन

२५ सय बढी मतगणना : देउवाले पाए १५९८, कोइराला १०३८

नेपालभ्युज

२५ सय बढी मतगणना : देउवाले पाए १५९८, कोइराला १०३८

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको पछिल्लो नतिजाअनुसार शुरुदेखि अग्रता कायमै राखेका शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो विवरणअनुसार २५ सय ५७ मतगणना गर्दा देउवाले १५ सय ९८ मत पाएका छन् भने डा शेखर कोइराला निकै पछि पर्न थालेका छन्। उनले मात्र १०३८ मत पाएका छन्। त्यस्तै २१ मत बदर भएको छ।

अब २ हजार हाराहारीमा मतगणना हुन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved