शेखर कोइरालाकालागि भोट माग्दै गगन, मिनेन्द्र र चन्द्र

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदानमा गगन थापा, चन्द्र भण्डारी र मिनेन्द्र रिजाललगायतले भोट मागिरहेका छन्।

नेपालभ्युज

शेखर कोइरालाकालागि भोट माग्दै गगन, मिनेन्द्र र चन्द्र

काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदानमा गगन थापा, चन्द्र भण्डारी र मिनेन्द्र रिजाललगायतले भोट मागिरहेका छन्।

उनीहरूले आफ्ना प्यानलका सभापतिका उम्मेदवार शेखर कोइरालाको लागि मत मागिरहेका छन्। भण्डारी शेखरको प्यानलबाट उपसभापतिका उम्मेदवार हुन्। थापा र रिजाल भने महामन्त्रीका उम्मेदवार हुन्।

दोस्रो चरणको जारी मतदानमा शेरबहादुर देउवा र कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ। यसकारण उनीहरूले आफ्ना प्यानलका सभापतिका लागि मत मागेका हुन्।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved