शेखर कोइरालाले भने : मेरो विजय सुनिश्चित भयो, विवेक प्रयोग गर्नुस्

नेपालभ्युज

शेखर कोइरालाले भने : मेरो विजय सुनिश्चित भयो, विवेक प्रयोग गर्नुस्
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको मतदानबाट आफू विजयी हुने विश्वास व्यक्त गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दैै कोइरालाले सभापतिमा दोस्रो चरणको चुनाव लड्ने र परिणाम स्वीकार गर्ने बताए।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदान अपराह्न शुरु हुँदै छ। दोस्रो चरणको चुनावको तयारी भइरहँदा प्यानलका सबै उम्मेदवारलाई राखेर पत्रकार सम्मेलन गरेका डा कोइरालाले भने, ‘‘अब मेरो विजय सुनिश्चित भयो, मतदाता प्रतिनिधिहरू तपाईं आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तरआत्माले के भन्छ, त्यसमा भोट हाल्नुस्।’’

सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए। पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै कोइरालाले १७०२, विमलेन्द्र निधिले २४९, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २२ मत पाएका छन्।

यसैबीच आज बिहान देउवालाई अघिल्लो चरणबाट बाहिरिसकेका सभापतिका उम्मेदवार सिंह र नधिले समर्थन गर्ने निर्णय गरिसकेका छन्। यस्तोमा दोस्रो चरणमा हुने मतदानमा आफूलाई जिताउन मतदाताहरूसमक्ष अनुरोध गर्न पत्रकार सम्मेलन बोलाइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved